
बिहिवार , श्रावण ११, २०८०
तिलोत्तमा, ११ साउन ।
रोटरी क्लब अफ रुपन्देही तथा रोट्रयाक्ट क्लब अफ राममणि बहुमुखी क्याम्पसको आयोजनामा बुधबार आजका युवाहरुलाई भोलीको चुनौतिका लागि सशक्त बनाउने उद्देश्यसहित ‘इम्पावरिङ टुडेज युथ फर टुमारो च्यालेन्ज’ कार्यक्रम सम्पन्न भएको छ । औपचारिक शिक्षासँगै अन्य सीप, ज्ञान र सामाजिक सशक्तिकरणमा युवाहरुको भूमिकाबारे कार्यक्रममा छलफल भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरी लम्सालले भोलीका चुनौतिहरुको सामना गर्ने गरी आजका युवाहरु तयार हुनुपर्नेमा जोड दिए । त्यसका लागि सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा ज्ञान र सीप हासिल गर्नुपर्ने उनले बताए ।
त्यस्तै रोटरी डिष्ट्रिकका चेयर तथा राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुब धितालले सैद्वान्तिकसँगै व्यवहारिक ज्ञान र सीपको विकासका लागि जोड दिए ।
११२ जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा डिष्ट्रिक पब्लिक इमेज चेयर राजकुमार गुप्ताले कार्यक्रममा सहजीकरण गरेका थिए । गुप्ताले युवा सशक्तिकरणका लागि सबैभन्दा पहिले आत्मबल र इच्छाशक्तिको आवश्यकता रहेको औल्याए । भविष्यमा आउने जस्तोसुकै चुनौति पार गर्नका लागि आजदेखि नै युवाहरुले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने उनले बताए ।
क्लबका सचिव थानेश्वर चापागाईंको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij