२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सिटिजन्स बैंक सेमरा शाखामा एटीएम सेवा सुरु

बिहिवार , श्रावण ११, २०८०

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, ११ साउन ।
    सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेडको सेमरा शाखाले एटीएम सेवा सुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ सेमरा बजारस्थित बैंकको सेमरा शाखाले बिहीबारदेखि एटीएम सेवा शुभारम्भ गरेको हो । यो एटीएम बैंकको १४७ औं भएको बैंकले जनाएको छ ।

    एटीएम सेवाको एक कार्यक्रमकाबीच बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै प्रदेश प्रमुख श्रेष्ठले एटीएम सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै बैंकका कलस्टर हेड कपिल पोखरेलले बैंकले बचतमा उच्चतम ब्याजदर तथा कर्जा प्रवाह सेवाका लागि ३ दिनमा निर्णय दिने बताए । 

    बैंकका सेमरा शाखा प्रबन्धक एकनारायण अर्यालले सेमरा शाखामा हाल ११ हजार बढी ग्राहकहरु रहेको बताए । उनले उनले लुम्बिनी प्रदेशमा ५१ वटा शाखामार्फत सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेड सेवा प्रवाह गर्दै आएको बताए । 

    एटीएस सेवा शुभारम्भ कार्यक्रममा बैंकका प्रदेश प्रमुख श्रेष्ठ, कलस्टर हेड कपिल पोखरेल, सेमरा शाखा प्रबन्धक एकनारायण अर्याल, बैंकका कर्मचारी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

    सिटिजन्स बैंक इन्टरनेशनल बैंक लिमिटेडले १८८ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ ।