२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेपाल एसबीआई बैंकले साउन १८ गतेबाट ऋणपत्र निष्कासन गर्दै

बिहिवार , श्रावण ११, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ११ साउन
    नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

    बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । 

    यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।