२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

भैरहवाको होटल सनस्टारद्वारा ‘डाइको सेवा’ सुरु

बुधवार , श्रावण १०, २०८०

भैरहवा, १० साउन । होटल सनस्टार ईन्टरनेशनल प्रा.लि.ले ‘डाइको सेवा’ सुरु गरेको छ । भैरहवाको एअरपोर्ट रोड (लुम्बिनीरोड) स्थित होटलले उक्त सेवा सुरुको गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

होटलका सञ्चालक राजेश महोत्राकाअनुसार मादक पदार्थ सेवन (मापसे) सेवन गर्ने ग्राहकलाई होटलले नै घर पुयाईदिनेछ । ‘मापसे गरेका ग्राहकको सहजताका लागि डाइको सेवा शुभारम्भ गरेका छौं, सडक दुर्घटनाबाट बच्नलगायत अन्य जोखिमबाट टाढा रहन यो सेवा प्रभावकारी रहेको विश्वास गरेका छौं, ’महोत्राले भने । 

मापसे गरेका ग्राहकलाई होटलले ग्राहककै सवारीसाधन चलाएर घरसम्म पुर्याइदिने र सोवापत अतिरिक्त शुल्क नलाग्ने उनले जानकारी दिए । २० किलोमिटरसम्मको दुरीका लागि यो सुविधा प्रदान गरिने महोत्राले बताए ।

सवारीचालकले ग्राहकलाई घरसम्मै पुर्याइदिने र घरसम्म पुर्याउन सँगै गएका सवारीचालक आफ्नै सवारीसाधनमा फर्कने उनले बताए । स्थानीय ग्राहकलाई समेत लक्षित गरेर डाइको सेवा सुरु गरिएको होटल सनस्टार ईन्टरनेशनल प्रा.लि.ले जनाएको छ ।

त्यस्तै हहोटल सनस्टार ईन्टरनेशनल प्रा.लि.तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा तीन महिनासम्म खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशत छुट सुविधा प्रदान गरिएको उनले बताए । होटलमा २७ वटा कोठा, २ सय जना क्षमताको रेष्टुरेण्ट, ५० जना क्षमताको सभाहल, गार्डेन रेष्टुरेण्टलगायतका सुविधाहरु रहेको उनले जानकारी दिए । छिट्टै नै होटलले बैंक्वेट सञ्चालनमा ल्याउन लागेको महोत्राले बताए । 

२०७९ असोज १३ गतेदेखि नै होटल सनस्टारले रात्रीकालिन व्यवसाय सुरु गरेको बताए । होटल २४ घण्टा नै खुल्ला रहेको उनले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशशद्वार भैरहवामा रहेको होटल सनस्टारबाट ग्राहक तथा पर्यटकलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्नेतर्फ आफूहरु लागिपरेको उनको भनाइ छ ।

Hotel Sunstar.JPG

होटल सनस्टार ईन्टरनेशनल प्रा.लि का सञ्चालक राजेश महोत्रा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव र होटल व्यवसायी महासंघ, नेपालको केन्द्रीय उपमहासचिवको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले वैदेशिक रोजगारीको सिलसिलामा ७ वर्ष जापान रहेका थिए । जापान रहँदा डाइको सेवाबारे जानकारी लिने अवसर प्राप्त भएको र यहाँ पनि उक्त सेवा सुरु गरेको उनको भनाइ छ ।