२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

प्रहरी इन्चार्ज मृत फेला

मंगलवार , श्रावण ९, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बागलुङ, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् ।

    बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो। 

    मध्यराति १२ बजेतिर होटेल सञ्चालकले जनप्रतिनिधिलाई पौडेल मृत फेला परेको जानकारी गराएपछि प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।