२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

दाउरा निकाल्न गएकी महिला नदीमा डुबेर बेपत्ता

मंगलवार , श्रावण ९, २०८०

भैरहवा, ९ साउन ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिकाकी एक महिला नदीमा डुबेर बेपत्ता भएकी छन् । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी उनी करीब १२ बजे दानव नदीमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

सम्मरीमाई–७ स्थित हर्दी टोलकी अन्दाजी ३५ वर्षीय मालती यादवले नदीबाट दाउरा निकाल्न खोज्दा चिप्लेर नदीमा डुबेको स्थानीयबासीले बताए  । हर्दी घाटबाट उनी बेपत्ता भएको जानकारी पाउनसाथ खोजतलास जारी राखेको प्रहरी निरीक्षक खरेलले बताए । नदीमा पानीको बहाव उच्च रहेकोले खोजतलासमा समस्या भएको उनले बताए ।