२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ

मंगलवार , श्रावण ९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौ, ९ साउन ।  गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । 

    यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।