२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्वार

मंगलवार , श्रावण ९, २०८०

बुटवल, ९ साउन ।

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्वार गरिएको छ । 

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

WhatsApp Image 2023-07-25 at 9.15.50 AM.jpeg
तिनाउमा आएकाे बाढी

उनले नदी किनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए । नदी किनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।