२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

तिनाउ नदीमा जलसतह खतराको तहभन्दा माथि, सतर्क हुँदै सुरक्षित स्थानमा रहन आग्रह 

मंगलवार , श्रावण ९, २०८०

भैरहवा, ९ साउन ।

लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पालगायतका जिल्लामा अत्याधिक बर्षा भएको छ । प्रदेशका नवलपरासी, पाल्पा, प्युठानलगायतका आसपासका स्थानमा भारी वर्षा मापन गरिएको हो । 

भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ः१५ बजे सूचना सार्वजनिक गर्दै तिनाउ नदीमा खतराको तह पार गरेको जनाएको छ । 

तिनाउ नदी बाढी मापन केन्द्र बुटबलले जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । 

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

त्यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । 

नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।