२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

रेडक्रस सोसाइटी रुपन्देहीद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

आइतवार , श्रावण ७, २०८०

भैरहवा, ७ साउन ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले जिल्ला शाखाको स्थापना दिवस मनाएको छ । जिल्ला शाखा स्थापना दिवसको अवसरमा रेडक्रस रुपन्देही आइतबार तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको हो ।

रेडक्रस सोसाइटी रुपन्देहीद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोगरुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको आर्थिक सहयोग कार्यक्रममा आश्रमका संयोजक टीका थापालाई २१ हजार १ सय २१ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रस रुपन्देहीको इतिहास र गर्नुपर्ने दायित्वका बारेमा बोलेका थिए । उनले रेडक्रसले गर्नैपर्ने काममा यो आश्रममा सहयोग गर्नु अत्यन्तै महत्वपूर्ण कार्य रहेको बताए ।

कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख शंकर पन्थी, रेडक्रस तिलोत्तमा शाखाका सभापति ओम प्रसाद गैरे, मिना भण्डारी, अर्जुनराज उपाध्याय, कृष्ण मल्ललगायतले बोल्दै रेडक्रसको भूमिका रक्तदान र बाढी पहिरोमा मात्र सीमित नभएको बताए । रेडक्रस सोसाइटी रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।