
आइतवार , श्रावण ७, २०८०
भैरहवा, ७ साउन ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले मानिसको जीवनमा विश्वविद्यालयबाहेक पनि अन्य सिकाइ भोगाइका संस्थाहरु भएको बताएका छन् । उनले विद्यार्थीले शैक्षिक संस्थाबाट प्राप्त अंकलाइ मात्र आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि मान्दा जीवनको बुझाइमा कमी हुन् सक्ने बताए ।
भैरहवामा सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङअन्तर्गत ७८ औं श्रृंखलाको अवसरमा प्रमुख वक्ता तथा प्रमुख अतिथि भिक्षु मेत्तेयले यस्तो बताएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उपाध्यक्ष रोहित कुमार अग्रवालले यो तालिमबाट प्रशिक्षार्थीहरुले जीवनका महत्वपूर्ण सिकाइ भोगाई साटने अवसर पाएको बताए ।
उक्त अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुका परिवारका एसईई २०७९ मा सहभागी विधार्थीहरूहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको कार्यक्रमका संयोजक तथा सिद्धार्थ संजाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले बताए । विद्यार्थीहरुलाई प्रशंसापत्रसहित उपहार प्रदान गरिएको कार्यक्रम सञ्चालक तथा व्यवसायी नारायण आचार्यले जानकारी दिए ।
तालिमको सुरुवात ध्यान योगाबाट हुने गरेको द आर्ट अफ लिभिङका स्वयंसेवक मंगल भण्डारीले बताए । उनले विद्यार्थीलाई बधाई ज्ञापन गर्दै विद्यार्थी जीवनमा ध्यान योगाको महत्ववारे पनि बताएका थिए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कमल ज्ञवालीले प्रशिक्षार्थीलाई कविताबाट शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा काशी नोबेल एकेडमीका प्रिन्सिपल राजेन्द्र घिमिरे र मुनलाइट बोर्डिङ स्कूलका प्रिन्सिपल राजेशराज जोशीले विद्यार्थीहरुको सुन्दर भविष्यको शुभकामना व्यक्त गरे । विद्यार्थीको तर्फबाट आर्यन भुसाल र अभिभावककोतर्फबाट भुवन राणाले कार्यक्रममा विद्यार्थीको हौसला बढाएकोमा आयोजकप्रति आभार व्यक्त गरे ।
गत २ वर्षदेखि सञ्चालन हुदै आएको तालिमको व्यवस्थापन स्वेच्छिक सहयोगबाट हुँदै आएको व्यवस्थापन समितिका सदस्य मदन पौडेलले जानकारी दिए ।
तालिमको सहयोगी (प्रोत्साहनकर्ता) बोन जे टुरका सञ्चालक संजीव जोशीले पर्यटन क्षेत्रबारेको अध्ययनलाइ महत्व दिन आग्रह गरे ।
कार्यक्रमकी अध्यक्ष सिर्जना कार्कीले लिडरसीप तालिममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिन् ।
भैरहवामा सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमले साउन ६ गते शनिबार ७८ औं श्रृंखला पूरा गरेको छ । उक्त तालिममा विभिन्न पेशा व्यवसायीमा आबद्ध ८० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij