
आइतवार , श्रावण ७, २०८०
भैरहवा, ७ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा लायन्स अभिमुखीकरण र आजीवन सदस्यता प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । लायन्स क्लब तथा क्लबमा रहँदा पालना गर्नुपर्ने नियमलगायत लायन्ससम्बन्धी विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष मिलन विश्वकर्माले बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेक्रेटरी विनोद खरेल र एलसीआईएफ कोर्डिनेटर सन्दिप कसौधनले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, अतिथिहरु लायन्सका अगुवा महेशचन्द थापा, एरिया चिफ सतिष कुमार कौसल (दीपक), जोन चेयरपर्सन तनु शर्मा कसौधनलगायतले बोल्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।
लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षता, कार्यक्रम संयोजक भुवन शर्माको स्वागत, अरुण बस्यालको ध्वजा अभिवादन तथा क्लबका सचिव गणेश न्यौपानेको सहभागीता रहेको थियो । उत्साजनक उपस्थिति रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका निवर्तमान अध्यक्ष सुनिल सेन्चुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij