
आइतवार , श्रावण ७, २०८०
भैरहवा, ७ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटी सदस्यता वितरण तथा नविकरण अभियानमा लागेको छ । साउन १ देखि १० गतेसम्म देशभरीका क्याम्पसहरुमा अनेरास्ववियुको एकैसाथ उपस्थिति भन्ने नाराका साथ भैरहवा बहुमुखी क्याम्पसमा अभियान सञ्चालन गरेको क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।
आइतबार अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा भैरहवा बहुमुखी क्याम्पस कमिटी इञ्चार्ज विवेक भण्डारी र जिल्ला सदस्य तथा क्याम्पस कमिटी सह–इञ्चार्ज के.एल. पाण्डेको उपस्थितिमा संगठन विस्तार गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहमुखी क्याम्पसका अध्यक्षसमेत रहेका न्यौपानेले जानकारी दिए । आइतबारसम्म ८० जनालाई सदस्यता वितरण तथा नविकरण गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij