२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

पक्लिहवा क्याम्पसमा विपीको अर्धकदको शालिक अनावरण

शनिवार , श्रावण ६, २०८०

भैरहवा, ६ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा महामानव विपी कोइरालाको शालिक अनावरण गरिएको छ । 

क्याम्पसमा रहेको (विपी पार्क) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीले निर्माण गरेको विपीको अर्धकदको शालिक विपिको ४१ औंं स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अनावरण गरेका हुन् ।

362969799_1727483834338483_5487583103682584539_n.jpg

शालिक अनावरण गर्दै जिल्ला सभापति खाँणले विपीको प्रजातान्त्रिक सिद्धान्त र उहाँले देखाएको मार्गमा अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले विपीले लिएको मेलमिलापको सिद्धान्त अहिले पनि अपरिहार्य रहेको बताउँदै सबै एक भएर पार्टीलाई बलियो बनाउनुपर्ने भनाइ राखे । 

362923109_637309205031649_7998347227122017968_n.jpg

त्यस्तै कांग्रेस नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले विपीको आदर्श र मूल्यमान्यतामा अडिग रहन विद्यार्थीहरुलाई आग्रह गरिन् ।

नेविसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले जिल्लामा रहेका क्याम्पसका नेविसंघका इकाई सभापतिहरुलाई क्याम्पसँग जग्गा माग्न आग्रह गर्दै जग्गा प्राप्तीपछि जिल्ला कार्यसमितिले पार्क निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरे । नेविसंघ रुपन्देही जिल्ला सचिव मनोज बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।