२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको अध्यक्षमा बस्याल

शनिवार , श्रावण ६, २०८०

भैरहवा, ६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको अवार्ड समारोह तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२२/०२३ का अध्यक्ष गजेन्द्र कोहारले वर्ष २०२३/०२४ का अध्यक्ष भोजराज बस्याललाई पद हस्तान्तरण गरेका छन् । त्यस्तै वर्ष २०२२/०२३ का सचिव गणेश प्रसाद खनालले वर्ष २०२३/०२४ का सचिव मोती प्रसाद पौडेल र वर्ष २०२२/०२३ का कोषाध्यक्ष सुस्मिता ढुंगानाले वर्ष २०२३/०२४ का कोषाध्यक्ष सिर्जना अधिकारीलाई पद हस्तान्तरण गरेका हुन् ।

क्लबको वर्ष २०२३/०२४ को लागि अध्यक्षमा भोजराज बस्याल, निवर्तमान अध्यक्षमा गजेन्द्र कोहार, प्रथम उपाध्यक्षमा खेम बहादुर कार्की, द्वितीय उपाध्यक्षमा विपिन कुमार साह, तृतीय उपाध्यक्षमा गणेश प्रसाद खनाल, सचिवमा मोती प्रसाद पौडेल, कोषाध्यक्षमा सिर्जना अधिकारी र सह–सचिवमा विशाल अधिकारी रहेका छन् ।

त्यस्तै क्लबको सल्लाहकारमा सन्दिप कुमार अग्रवाल, डा. आलोक पाण्डे, डा. लोकराज खनाल, एलसीआईएफ कोर्डिनेटरमा सुरज भण्डारी, क्लब टयुनिङ कोर्डिनेटरमा रञ्जित पाण्डे, निर्देशकमा निर्मला खड्का, सुष्मा थापा क्षेत्री, प्रकाश पौडेल, अमित कुमार यादव, पिताम्बर शर्मा, सुनिता खाती, टेमरमा सुस्मिता ढुंगाना, फाइनान्सीयल म्यानेजमेन्ट कोर्डिनेटरमा प्रमोद राउत, डिजास्टर रेस्क्यु एण्ड रिलिफ कोर्डिनेटरमा आमोद कुमार सिंह, क्लब सर्भिस चेयरपर्सनमा बाबुराम भट्टराई र प्रोग्राम कोर्डिनेटरमा गीता भट्टराई रहेका छन् ।

त्यस्तै क्लबको पूर्व अध्यक्ष सतिश कुमार कौशल (दीपक)लाई क्लब मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सन, राजेन्द्र थापालाई क्लब मेम्बरसीप ग्रोथ चेयरपर्सन र महेश नेपाललाई टेल ट्वीष्टरको जिम्मेवारी प्रदान गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पीएमजेएफ अर्जुनमान सैंजुले सोच परिवर्तन आवश्यक रहेकोमा जोड दिए । उनले सामाजिक कामलाई अगाडि बढाउन लायन्स क्लबमा सदस्यता वृद्धि गर्नुपर्ने बताए । उनले भने, ‘जति धेरै लायन्स क्लबमा सदस्यहरुको वृद्धि हुन्छ, त्यति नै सामाजिक सेवा बढ्दै जान्छ ।’

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल वर्ष २०२२/०२३ का अध्यक्ष गजेन्द्र कोहारले क्लबले विभिन्न विधामा कार्यक्रम गरेको बताए । उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न क्लबका सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

क्लबका २०२३/०२४ का अध्यक्ष भोजराज बस्यालले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले लायन्स क्लब सञ्चालन गर्न चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा लिइ अघि बढ्ने बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, एलसीआईएफ कोर्डिनेटर सन्दिप कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका संस्थापक अध्यक्ष ओम जैसीलगायतले बोल्दै क्लबले रचनात्मक कार्यहरु अगाडि बढाउनुपर्ने बताए ।