
शुक्रवार , श्रावण ५, २०८०
रुपन्देही, ५ साउन ।
प्रभु बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई १५ थान पंखा हस्तान्तरण गरेको छ । पछिल्लो सयम विश्वव्यापी रुपमा वातावरणमा आएको परिवर्तनको प्रभावका कारण तापक्रम बढ्दो अवस्थामा छ । यस्तो अवस्थामा प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई शितलता प्रदान गर्ने भन्दै बैंकले १५ थान पंखा वितरण गरेको प्रभु बैंक लुम्बिनी प्रदेश नायव प्रमुख यादव भट्टराईले बताए ।
बैंकले शुक्रबार एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई उक्त पंखा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै पंखा सौजन्य गरेकोमा धन्यवाद दिए । उनले पछिल्लो समय गर्मी बढ्दै गएकाले पंखाले सर्वसाधारणलाई राहत हुने बताए ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय एक्सटेन्सन काउण्टर प्रमुख नम्रता पाण्डेले प्रशासन कार्यालय रुपन्देहीमा पछिल्लो समय नागरिकता तथा राहदानीका लागि मात्रै दैनिक सयौको संख्यामा सेवाग्राहीहरु आउने गरेको बताइन् । उनले बैंकले प्रदान गरेका पंखामार्फत सेवाग्राही लाभान्वित हुने बताइन् ।
प्रभु बैंक भैरहवा शाखा प्रमुख सुनिता रानाले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् । उनले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले पंखा वितरण गरिएको बताइन् ।
पंखा हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी प्रकाश गौतम, उपेन्द्र राज बराल, विनय यादव, विष्णु पन्थी, शारदा बस्याललगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij