२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

पत्रकारद्वय शर्मा र न्यौपाने सम्मानित

शुक्रवार , श्रावण ५, २०८०

भैरहवा, ५ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको २८ औं पदस्थापनको अवसरमा क्लबले बिहीबार पत्रकार सम्झना शर्मा र प्रकाश न्यौपानेलाई नगदसहित पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । ‘ज्ञानु–गोबिन्द भट्ट रोटरी क्लब लुम्बिनी प्रतिभा पुरस्कार–२०८०’ बाट पत्रकार शर्मा सम्मानित भएकी छन् । नगद २१ हजार राशीको उक्त पुरस्कार शर्मालाई प्रदान गरिएको हो । उनी लुम्बिनी प्रेस क्लबकी अध्यक्ष हुन् भने भैरहवा टेलिभिजन, स्टार खबर नेपाल लगायत सञ्चारमाध्यममा आबद्ध छिन् ।

त्यस्तै ‘रोटरीयन प्रकाश पोखरेल पत्रकारिता पुरस्कार’बाट पत्रकार न्यौपाने सम्मानित भएका छन् । २० हजार राशीको उक्त पुरस्कारसहित सम्मान–पत्रबाट सम्मान गरिएको थियो । लुम्बिनी प्रेस क्लबका सचिव न्यौपाने न्यूज २४ टिभी, लुम्बिनी टेलिभिजन र पब्लिक कुरा डट कममा आबद्ध छन् ।

IMG_2695.JPG

त्यसै गरी ज्ञानु गोबिन्द भट्ट रोटरी क्लब लुम्बिनी प्रतिभा पुरस्कार–२०८० बाट शिक्षातर्फ जमुना देवान, स्वास्थ्यतर्फ भीम अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता, खेलकुदतर्फ क्रिकेट खेलाडी कृतिका मरासिनी र समाजसेवातर्फ जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष तथा नमूना एकीकृत विकास परिषद् रुपन्देहीकी कार्यकारी निर्देशक ज्ञानु पौड्याल सम्मानित भएका छन् ।

nnm.jpg

जनरल फिजिसियन डा. गोविन्द बल्लभ भट्टद्वारा स्थापना गरिएको रु.२५ लाखको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान तथा विभिन्न विधामा पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ । क्लबका वर्ष २०२३/२४ का अध्यक्ष नारायण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष भोज बहादुर खत्री, रोटरीयन प्रकाश पोखरेल, डा.शान्तकुमार शर्मालगायतले पुरस्कार प्रदान गरेका थिए ।

mmmm.jpg