२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्षमा नारायण भण्डारी

शुक्रवार , श्रावण ५, २०८०

भैरहवा, ५ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको २८ औं पदस्थापन समारोह बिहीबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबको वर्ष २०२३/०२४ का लागि अध्यक्षमा सर्वसम्मत चयन भएका नारायण प्रसाद भण्डारी तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको थियो ।

क्लबको वर्ष २०२३/०२४ को निवर्तमान अध्यक्षमा भोज बहादुर खत्री, प्रेसिडेण्ट इलेक्टमा ओम जैसी, प्रेसिडेण्ट नोमिनीमा कमल राज ढकाल, प्रथम उपाध्यक्षमा हरि बहादुर थापा, द्वितीय उपाध्यक्षमा विष्णु थापा, सचिवमा सरिता राना, कोषाध्यक्षमा धिरज घिमिरे, सह–सचिवमा भुषण श्रीवास्तव र सह–कोषाध्यक्षमा मिनिता थापा रहेका छन् ।

त्यस्तै सर्जेन्ट एट आम्र्स (फस्ट) मा रामकृष्ण वाग्ले, सर्जेन्ट एट आम्र्स (सेकेण्ड) मा लक्ष्मी रेग्मी, क्लब मेन्टरमा मधु गौतम, क्लब ट्रेनरमा दिनेश पौड्याल, एडिटरमा प्रिन्स वि.क., सूचना प्रविधिमा जय सिंह थापा, निर्देशक/चेयर–क्लब एडमिनिस्ट्रेशनमा पर्शुराम पराजुली, चेयर–क्लब सर्भिस प्रोजेक्टमा मोहन सिंह गुरुङ, क्लब पब्लिक इमेजमा विकास श्रेष्ठ, क्लब मेम्बरसीपमा दिनेश अग्रवाल, टीआरएफ चेयरमा सुन्दर घिमिरे, लिटरेसीमा किशोर जोशी र युथ सर्भिसमा सुरज भट्टराई रहेका छन् ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले क्लबको अध्यक्षमा सर्वसम्मत जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण क्लबप्रति धन्यवाद ज्ञापन गरे । उनले रोटरीको मूल्य मान्यताअनुसार अघि बढ्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरलाई अब्बल क्लब बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म व्यवसायी भए पनि मभित्र सामाजिक भावना छ । वार्षिक कार्ययोजना अनुसार काम गर्नेछौं । ’ वर्ष २०२३/०२४ मा भैरहवास्थित भीम अस्पतालमा फोहोरमैला व्यवस्थापनका लागि कार्य अघि बढाउने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिदै ग्रामीण क्षेत्रमा वृहत स्वास्थ्य शिविर गर्ने, आईसीयू र भेन्टिलेटर जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने, सामूदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण, कम्प्युटर तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने भण्डारीले बताए ।

क्लबका निवर्तमान अध्यक्ष भोज बहादुर खत्रीले २–४ जनाबाट सुरु भएको संस्था यहाँसम्म आइपुगेको बताए । उनले रोटरी क्लबको माध्यमबाट आफू यहाँसम्म आइपुगेको बताए ।

रोटरी क्लब डिष्ट्रिक ३२९२ नेपाल, भुटानका एसीसटेन्ट गभर्नर रविलाल पोखरेलले बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बनाउँदा रोटरी क्लब अफ सिद्धार्थनगरले पनि सहयोग गरेको स्मरण गरे । उनले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले उर्जावान अध्यक्ष पाएको बताए ।

रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलमले रोटरीले समाजको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

रोटरी क्लब डिष्ट्रिक ३२९२ नेपाल, भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले रोटरीको कार्यक्रम हेरेर खुसीको अनुभुति भएको बताए । उनले समाजका लागि के काम गर्न सकिन्छ भन्नेतर्फ ध्याज जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवाली, रोटरी क्लब अफ बानेश्वरका अध्यक्ष सन्तोष यादवलगायतले बोल्दै रोटरीले समाजमा उदाहरणीय कार्य गरेको बताए ।

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, रोटरी डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यता, रोटरी लुम्बिनी सिद्धार्थनगरका प्रेसिडेण्ट नोमिनी कमल राज ढकालको स्वागत, कार्यक्रम संयोजक ओम जैसी तथा क्लबकी सचिव सरिता रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।