२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

रियलमीको ११ प्रो सिरज बुटवलमा लन्च

बिहिवार , श्रावण ४, २०८०

बुटवल, ४ साउन ।
रियलमी ब्राण्ड मोबाइलले ११ प्रो सिरज लन्च गरेको छ । बुटवलमा बुधबार एक कार्यक्रमको आयोजना गरी लन्च गरिएको हो । नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाची जिल्लाका मोबाइल रिटेल व्यवसायीहरुको सहभागीतमा बुटवलमा लन्च गरिएको हो ।

रियलमी नेपालका कन्ट्री हेण्ड मुनिस गिरीले केक काटेर लन्च गर्दै रियलमीले टेक्नोलोजी दुनियामा राम्रो पकड बनाएको बताए ।

नयाँ लन्च गरिएको ११ प्रो ५ जी को मूल्य ४७ हजार ९ सय ९९ र ११ प्रो पलस ५ जी को मूल्य ६१ हजार ९ सय ९९ रहेको छ ।

सिरिसमा प्रि बुकिङ गर्ने ग्राहकहरुलाई रु. ३ हजार छुट गरिने मनिस गिरीले बताए । रियलमी बाण्डले १५ वटा भन्दा बढी सिरीज रहेको रियलमी मोबाइल पछिल्लो समयमा निकै रुचाएको मोबाइल ब्राण्ड रहेको बताए ।

362103431_2074932462843112_5795753419804592247_n.jpg

कार्यक्रममा एनएसएम बन्टी सिंह, रिटेलर म्यानेजर बासु श्रेष्ठले मोबाइलको विशेषता बारेमा धारण राखेका थिए ।
बुटवलका लागि आधिकारीक विक्रेता नेपा कनेक्सन प्रोपाइटर एम.एल. पाण्डेले रियलमी  ११ प्रो मा १०० मेघा पिक्सल क्यामेरा, ५ हजार एमएचको ब्याट्री रहेको र ११ प्रो पलसमा २ सय मेघा पिक्सल क्यामेरा रहेको बताए ।
बुटवलका लागि आधिकारीक विक्रेता नेपा र भैरहवा लागि न्यू बाबा इन्टरप्राइजेजले विक्रीवितरण गर्दे आएका छन् ।