२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

तिनाउ मिसन डेभलपमेण्ट बैंकको ५५ औं शाखा बर्दघाटमा

सोमवार , माघ ५, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • नवलपरासी, ५ माघ ।
    तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ५५ औं शाखा सञ्चालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाटमा शाखा सञ्चालनमा ल्याएको हो । 

    एक समारोहकाबीच बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद वझा र बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

    शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका दाउन्नेदेवी माध्यमिक विद्यालय र श्री नवजीवन माध्यमिक विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरेको थियो । बैंकका अध्यक्ष जीवन प्रसाद वझाको अध्यक्षता तथा प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैंकका संचालक समिति सदस्य ऋषिराम पाण्डे, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा वस्यालले मन्तव्य व्यक्त गरेका थिए ।

    १७ अर्ब ६७ करोड निक्षेप संकलन गरी १३ अर्व ३० करोड कर्जा लगानी गरेको बैंकले १५ वटा एटिमबाट सेवा दिइरहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनलले गाभ्नको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोवार हुनेछ ।