२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कोटहीमाई गाउँपालिका : बजेट खर्च गर्नेमा रुपन्देहीमा दोस्रो

बुधवार , श्रावण ३, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ३ साउन ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा पूँजीगततर्फ ८४ दशमलव ४१ प्रतिशत खर्च गरी जिल्लामै बजेट खर्च गर्ने पालिकामध्ये दोस्रो हुन सफल भएको छ ।

    कोटहीमाईले रुपन्देहीका १६ वटा पालिकामध्ये  १४ पालिका भन्दा बढी पूँजीगत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय, रुपन्देहीले जनाएको छ । 

    पूँजीगत खर्च गर्नेमा कोटहीमाई गाउँपालिका भन्दा बढी सियारी गाउँपालिकाले ८७ दशमलव १५ प्रतिशत खर्च गरी जिल्लामै पहिलो भएको छ । त्यसपछि पूँजीगत खर्च गर्नेमा मायादेवी गाउँपालिका रहेको छ । मायादेवीले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको छ । 

    रुपन्देहीमा सबैभन्दा कम पूँजीगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका रहेको छ । मर्चवारीले ६४ प्रतिशत मात्र खर्च गरेको छ । त्यसपछि पूँजीगत खर्च गर्न नसक्नेमा शुद्धोधन गाउँपालिका रहेको छ । शुद्धोधनले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको छ । 

    यता बुटवल उपमहानगरपालिकाले भने ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी साँस्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत, सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका छन् । 

    त्यसै गरी सैनामैना नगरपालिकाले ७९ दशमलव ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन गाउँपालिकाले ८१ दशमलब १२ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय, रुपन्देहीले जनाएको छ । 

    त्यसै गरी गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलव ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलव ५४ प्रतिशत खर्च गरेको छ ।

    कार्यालयले दिएको जानकारीअनुसार रुपन्देहीका १६ वटा पालिकाहरुले समग्रमा ७७ प्रतिशत पूँजीगत खर्च गरेका छन् । ३१ करोड ७६ लाख ७३ हजार बजेट बिनियोजन भएकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए । उनकाअनुसार रुपन्देहीमा पूँजीगत (विकास) खर्च विगतको भन्दा सुधार भएको छ ।