२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

बेलहिया माविमा उत्कृष्ट विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिलाई सम्मान

सोमवार , श्रावण १, २०८०

भैरहवा, १ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री बेलहिया माध्यमिक विद्यालयमा–२०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई तथा नननिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरिएको छ । 

आइतबार एक कार्यक्रमकाबीच एसईई परीक्षामा विद्यालयबाट सहभागी २५ जना विद्यार्थीहरुमध्ये १३ जना उत्कृष्ट विद्यार्थी तथा नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीमा दुर्गेश हरिजन, बबिता यादव, दिनेश धवल, दिनेश रेशमी, दिब्सन वि.क., गणेश मुराउ, इन्साफ अली, प्रदीप काहार, रोहन धवल, सौरव हरिजन र तिजा धवल रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य सुशील गुरुङले अरुको दबाब भन्दा आफ्नो रुचीको विषय अध्ययन गर्न आग्रह गरे । उनले भने, एसईई उत्र्तीण विद्यार्थीहरुले आफूले रोजेको विषय पढेर त्यही विषयमा अब्बल बन्नुपर्छ ।

श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लागिपरेको बताए । उनले सबैको साथ र सहयोगले विद्यालयको विकास गर्न सकिने बताए ।

कार्यक्रममा विद्यार्थीकोतर्फबाट दुर्गेश हरिजन, बबिता यादवले उत्कृष्ट नतिजा ल्याउन आफूहरुको मिहिनेत र शिक्षकशिक्षिकाको अभिभावकत्व रहेको बताए ।

कार्यक्रममा बेलहिया माविका पूर्वअध्यक्ष गोपाल क्षेत्री, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका मधु प्रसाद पन्थी, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष सुमन शर्मालगायतले बोल्दै उर्तीण विद्याथी तथा नवनिर्वाचित व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना दिएका थिए । 

वरिष्ठ शिक्षक सुमित्राको केसी सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, सदस्यहरु विपना नेपाली, सुनिल यादव, कँवर कोइरी र गंगा पछाईलाई सम्मान गरिएको थियो ।

विद्यालयकी प्रधानाध्यापक बीना भण्डारीको स्वागत तथा सहायक प्रधानाध्यापक विजेश कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।