२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

रास्वपा सिद्धार्थनगरद्वारा वृक्षारोपण

आइतवार , आषाढ ३१, २०८०

भैरहवा, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ ।

नगर समितिको निर्णय अनुसार शनिबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा वृक्षारोपण गरिएको रास्वपा नगर सभापति सुमन न्यौपानेले बताए । कार्यक्रममा ४० वटा विरुवा रोपिएको न्यौपानेले जानकारी दिए ।

सिद्धार्थनगरलाई हराभरा राख्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । उनले भने, ‘रास्वपाले सामाजिक उत्तरदायित्वका कार्य तथा पालिकाको विकासका लागि भूमिका निर्वाह गर्दै आएको छ ।’

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर), रुपन्देही जिल्ला सभापति प्रकाश ज्ञवालीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।