२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

लिडरसीप तालिमको ७७ औं श्रृंखला पूरा, प्रशिक्षार्थीको सहभागीता बढ्दो

आइतवार , आषाढ ३१, २०८०

भैरहवा, ३१ असार ।
भैरहवामा सञ्चालन भइरहेको लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमले असार ३० गते शनिबार ७७ औं श्रृंखला पूरा गरेको छ । उक्त तालिममा विभिन्न पेशाका ६० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिममा  प्रशिक्षार्थीहरुको सहभागीता बढेको कार्यक्रमका सभापति तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य कमल ज्ञवालीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उवासंघका कार्यसमिति सदस्य तथा लायन्स क्लब अफ सिद्धार्थनगरकी टुलिपकी अध्यक्ष यमकला न्यौपानेले यो तालिम सतसप्ताह तर्फ अघि बढेकोमा सफलताको शुभकामना व्यक्त गरिन् । उनले यो तालिमले उद्योगी व्यवसायी तथा स्थानीयबासीलाई नेतृत्व लिन अभिप्रेरित गरिरहेको बताइन् ।

कार्यक्रममा पर्यटन व्यवसायी संजीव जोशीले तालिमको महत्व सहभागी भएपश्चात मात्र बुझ्न सकिने बताए । उनले तालिमले बोल्न मात्र सिकाउने नभइ दैनिक जीवनशैलीमा समेत परिवर्तन गरेको अनुभव सुनाए ।

तालिम कार्यक्रममा सहभागीहरुलाई विभिन्न पदीय जिम्मेवारी प्रदान गरी व्यवहारिक ढंगले तालिम दिने गरिने तालिमका एक सहजकर्ता अभिनव मयुर कसौधनले बताए । तालिममा विभिन्न समूह बनाइ कार्यक्रम प्रस्तुत गरिने सामाजिक अगुवा पल्लवी न्यौपानेले जानकारी दिइन् ।

तालिमका एक अर्का सहजकर्ता सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले जीवनमा योग ध्यानको महत्व विषयक कार्यक्रमको प्रस्तुतिमा  सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन औषधी व्यवसायी तुलसी भट्टराईले गरेका थिए भने स्वागत हिमालयन वेंकका अधिकृत प्रशिक्षार्थी मनिष तामाङले गरेका थिए ।

अर्का प्रशिक्षार्थी सिद्धार्थ उवासंघका कार्यसमिति सदस्य विशाल जयसवालले लिडरले दवावले भन्दा प्रभावले नेतृत्व लिनुपर्ने विषयमा चर्चा गरेका थिए । त्यस्तै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देहीका) का कार्यसमिति सदस्य माया खनाल, पवि खनाल, सिद्धार्थ उवासंघका परामर्शदाता गंगासागर अग्रहरी, व्यवसायी घनश्याम बेलबासे, व्यवासायी  सीता भण्डारी, पत्रकार एलिना आचार्य, लायन्स क्लब अफ सिद्धार्थ गौतमबुद्धका प्रथम उपाध्यक्ष सुमेर विक्रम खाणलगायत प्रशिक्षार्थीहरुले  आ–आफ्ना धारणा राखेका थिए ।

WhatsApp Image 2023-07-15 at 22.49.40.jpeg

 

यो लिडरसीप तालिम विजय पाण्डेको प्रस्तुतिमा गत २ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको छ । पाण्डे तालिमको मुख्य प्रशिक्षक रहेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले बताए ।