२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

दाङमा जंगली च्याउ खाँदा दुईजना बिरामी

आइतवार , आषाढ ३१, २०८०

दाङ, ३१ असार । 
दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका– १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।

खाना खाएसँगै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका–१ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए । दुवै बिरामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।