
शनिवार , आषाढ ३०, २०८०
भैरहवा, ३० असार ।
लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर–५ स्थित भैरहवा नमूना माविको प्रांगणमा आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न जातका ५० बढी विरुवा रोपिएको थियो ।
क्लबकी अध्यक्ष प्रतिमा तिमल्सीनाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्दप्रसाद गुप्ताको विशिष्ट आथित्यतामा भएको कार्यक्रमको सञ्चालन सृजना ज्ञवालीले गरेकी थिईन ।
कार्यक्रममा बोल्ने अतिथिहरुले वृक्षारोपण गरिसकेपछि त्यसको मलजल र संरक्षणमा पनि ध्यान दिन आग्रह गरेका थिए । विभिन्न क्लब तथा संघ–सस्थाले प्रत्येक वर्ष वृक्षारोपण गरेपनि त्यसपछि मलजल र संरक्षणमा खासै ध्यान नदिने गरेको उल्लेख गर्दै उनीहरुले रोपिएका विरुवाको संरक्षणमा पनि ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक कार्यमा क्रियाशिल यस्ता खालका संघ–संस्थालाई विद्यार्थी तथा विद्यालयको हितमा काम गर्न आग्रह गरेका थिए ।
सो अवसरमा लायन्स क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा लायन्स ईन्टरनेशनलको विभिन्न पदमा रहेका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij