
शुक्रवार , आषाढ २९, २०८०
बुटवल, २९ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ सेमलार आदर्श टोल, गीता मन्दिर र आमा समूहको आयोजनामा गणेश मन्दिर उद्घाटन तथा गणेश मूर्ति अनावरण कार्यक्रम सम्पन्न भयको छ । बुटवल–१६ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले मन्दिरको उद्घाटन तथा मूर्तिको अनावरण गरेका हुन् ।
उद्घाटन गर्दै कृष्ण पौडेलले धार्मिक व्यक्तित्व स्वर्गीय लक्ष्मीदत्त सापकोटा समाजको एक उदाहरणीय व्यक्ति भएको र उहाँले समाजको लागि गर्नुभएको योगदान जीवन्त रहने बताए ।
२०६० सालमा लक्ष्मीदत्त सापकोटाले स्वर्गीय धर्मपत्नी मन्धरा सापकोटाको सम्झनामा साढे ९ धुर जग्गा गिता मन्दिर निर्माणर्थ समाजलाई हस्तान्तरण गरेका थिए ।
छोराहरु ज्ञान प्रसाद सापकोटा र भिम प्रसाद सापकोटाले आदर्श टोल विकास संस्थाको नाममा रजिष्टे«सन पास भइ आए पश्चात उक्त जग्गामा आमा समूहको विशेष सक्रियतामा गीता मन्दिर निर्माण गरियको थियो ।
उक्त गीता मन्दिर निर्माणार्थ बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत पाँच लाख बिनियोजन गरेको उक्त बजेट मार्फत गीता मन्दिर निर्माण गरेको कार्यसमिति अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा पूर्व वडाअध्यक्ष राम प्रसाद रेग्मी, वडा सदस्यहरु सोम प्रसाद दगोरिया, विष्णु सापकोटा, बसन्ती घमाल, खुम बहादुर मोर्चालगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij