
बिहिवार , आषाढ २८, २०८०
बुटवल, २८ असार ।
सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत शाखा कार्यालय कालिकानगरले शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–२ योगीकुटीलाई ३ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले संस्थाका अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त चेक रकम प्रदान गरेका हुन् । संस्थाले निर्माण गर्न लागेको फुलवारीको लागि सहयोगस्वरुप रकम प्रदान गरिएको बैंकको कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै बैंकको लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अभियानअन्र्तगत विभिन्न समयमा विभिन्न सामाजिक संघ–संस्थाहरुलाई सहयोग गर्दै आएको बताए ।
बैंकका लुम्बिनी प्रदेश का एरिया ४ प्रमुख सञ्जय पुनले आगामी दिनमा पनि यस्तै प्रकृतिको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij