२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

खबरपात्रो डटकमका प्रधानसम्पादक घिमिरेलाई ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’

मंगलवार , आषाढ २६, २०८०

भैरहवा, २६ असार ।
खबरपात्रो डटकमका प्रधान सम्पादक दीपक घिमिरे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२२’ बाट सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गर्नुका साथै यसक्षेत्रको सामाजिक गरिमालाई उचो राख्न अतुलनीय योगदान पुर्याएको भन्दै रोटरी क्लब अफ रुपन्देहीद्वारा स्थापित रोटरी सामाजिक पत्रकारिता पुरस्कार घिमिरेलाई प्रदान गरिएको क्लबले जनाएको छ ।

मंगलबार तिलोत्तमामा आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२३/०२४ को धन्यवाद ज्ञापन कार्यक्रममा घिमिरेलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

रोटरी डिष्ट्रिक्ट गभर्नर नोमिनी बिनोद कोइराला र पुरस्कारका संस्थापक तथा क्लबका पूर्वअध्यक्ष गौतम भुसाल तथा क्लबका अध्यक्ष हरि लम्सालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

क्लबका पूर्वअध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुरबुवा केशवराज तथा हजुरआमा हिमादेवी भुसालको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेका हुन । पुरस्कार प्रत्येक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदान गर्दै आएको भुसालले बताए ।

गतवर्ष उक्त पुरस्कार पत्रकार स्व. एन.बी. कंडेलले प्राप्त गरेका थिए । यस वर्ष सम्मानित तथा पुरस्कृत घिमिरे  डेढ दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशिल छन् । घिमिरे नेपाल टेलिभिजनमासमेत कार्यरत छन् । उनी लुम्बिनी प्रेस क्लबका पूर्व कोषाध्यक्षसमेत हुन् ।