२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

एसईई-२०७९ मा ३.९५ जीपीए ल्याउने अमन बेलबासेसहित उत्कृष्ट विद्यार्थीलाई काशीद्वारा सम्मान

मंगलवार , आषाढ २६, २०८०

भैरहवा, २६ असार ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२ जनकपथ, रुपन्देहीले २०७९ सालको एसईई परीक्षामा ३.९५ जीपीए ल्याएका अमन बेलबासेसहित उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सिद्धार्थनगर–९ का बेलबासे रुपन्देही जिल्ला प्रथम भएको विद्यालयको दावी छ ।

त्यस्तै कार्यक्रममा २०७९ को एसईई परीक्षामा ३.७५ जीपीए ल्याएर सिद्धार्थनगर नगरपालिका प्रथम हुन सफल आयुस्मा नेपाल र ओम राणालाई सम्मान गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए । प्राचार्य घिमिरेकाअनुसार २०७९ सालको एसईई परीक्षामा विद्यालयबाट ९७ जना विद्यार्थीहरु सहभागी भएका थिए । 

IMG_1786.JPG

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले राम्रो विद्यार्थी र अब्बल दर्जाको नागरिक बन्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले काशी नोबल एकेडेमी राम्रो विद्यालय भएको बताए । उनले भने, ‘रुपन्देही शैक्षिक हब हो । ४ जीपीए ल्याउनु मात्र सबै कुरा होइन । समग्र नतिजालाई विश्लेषण गर्नुपर्छ ।’ उनले आफ्नो रोजाइको विषय पढ्न आग्रह गरे । उनले भने, ‘घरको अवस्था ख्याल गर्दै र अवसरको पहिचान गर्दै पढ्नुपर्छ । जिन्दगीमा सफलता प्राप्त गर्न पढ्नुपर्छ ।’ 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले भैरहवाको शिक्षा अब्बल रहेको बताए । उनले अभिभावकमा बुझाइ र दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिए ।

 ३.९५ जीपीए ल्याएका विद्यार्थी अमन बेलबासेले आफूले काशी नोबलमा कक्षा ५ देखि अध्ययन सुरु गरेको बताए । उनले शिक्षक र अभिभावकको हौसला र आफ्नो मिहिनेतका कारण सफलता प्राप्त भएको बताए । उनले भने, ‘जीवन लामो छ । आगामी दिनमा पनि मिहिनेत गरेर सफल हुन सक्छौं ।’

विद्यार्थी आयुस्मा नेपालले अभिभावक र शिक्षकलाई धन्यवाद दिदै विद्यालयको राम्रो शैक्षिक वातावरणको कारण सफलता प्राप्त गर्न सम्भव भएको बताइन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अभिभावकको दबाबमा विषय छनोट नगरी आफ्नो रुचीको विषय पढ्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले काशी नोबल एकेडेमी भैरहवाको गहना भएको बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले काशी नोबल एकेडेमीले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए । उनले उच्च शिक्षाका लागि भैरहवा उपयुक्त गन्तव्य भएको बताए ।

सिद्धार्थनगर नगरपालिका शिक्षा शाखाका शिक्षा सहायक कृष्ण प्रसाद पोखरेलले २–४ अंक तलमाथि हुँदैमा फरक नपर्ने र विद्यार्थीहरुले नाम, थर, जन्ममिति लेख्दा ध्यान दिनुपर्ने बताए ।

प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेलले काशी नोबल एकेडेमीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेलले एसईईपछि आफ्नै घरआँगनको विद्यालयमा पढ्न आग्रह गरे ।
काशी नोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कक्षा ११ मा भर्ना हुनेमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याएका एक जना छात्र र एक जना छात्रालाई रु. १० हजार छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताए ।

IMG_1791.JPG