
मंगलवार , आषाढ २६, २०८०
लण्डन, २६ असार ।
एक बेलायती (युके) एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेको घटनाले एअरलाइन्स दुनियालाइ चकित बनाएको छ ।
किनभने विमान ‘धेरै भारी’ भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । यो घटना गत जुलाइ ५ को हो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि विमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले ‘अप्ट आउट’ गर्न भने ।
बेलायती अनलाइन पत्रिका ‘इन्डिपेन्डेन्ट’को रिपोर्टअनुसार एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । पछि १९ जनाले आफैं उडान छोड्ने निर्णय गरेपछि मात्रै विमानले उडान भरेको थियो ।
उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठूला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपायबाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।
इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन् । यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ । प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वेच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौं, जुन यस अवसरमा पनि भयो ।
यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठूलो प्राथमिकता मानिएकाले उनीहरूलाइ उतारिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij