२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेपाली युवा उद्यमी मञ्च रुपन्देही सर्वोत्कृष्ट शाखा

सोमवार , आषाढ २५, २०८०

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २५ असार ।
    नेपाली युवा उद्यमी मंच रुपन्देही सर्वोत्कृष्ट च्याप्टरबाट सम्मानित भएको छ । देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट कार्यसम्पादनवापत सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।  

    नेपाली युवा उद्यमी मंचको १९ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा नेपालभरी कुल १२ वटा च्याप्टरहरुमध्ये रुपन्देही च्याप्टरलाई सर्वोत्कृष्ट च्याप्टर २०२३ बाट सम्मान गरिएको हो ।  

    नेपाली युवा उद्यमी मंच रुपन्देही च्याप्टर २०२२–२३ अध्यक्ष निरज प्रसाद लाकौलले च्याप्टरको तर्फबाट अवार्ड ग्रहण गरेका थिए ।  उद्योगमन्त्री रमेश रिजाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालसहितले लाकौललाई सम्मानपत्र प्रदान गरेका थिए ।

    देशभरबाट १२ वटा च्याप्टरहरुबाट करिब २ सय युवा उद्यमीहरु अधिवेशन तथा साधारण सभामा सहभागी भएका थिए ।  अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।