२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

प्रतिज्ञा डिस्कोभरीको भैरहवा काठमाण्डौ बस सेवा शुरु

सोमवार , आषाढ २५, २०८०

भैरहवा, २५ असार ।

व्यवसायिक घराना गैरे परिवारले भैरहवा–काठमाण्डौ अत्याधुनिक सुविधासहितको रात्रीबस सेवा शुरु गरेको छ । गैरे प्रतिष्ठानले प्रतिज्ञा डिस्कोभरी नामको सुविधासम्पन्न सोफा सिटसहितको हरियो नम्बर प्लेटको बस सेवा शुरु गरेको हो ।

बस सेवाको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खानले भैरहवा–काठमाण्डौ रात्रीबस सेवाले आम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले पर्यटकलाई ध्यानमा राखेर यस्ता खालका सुविधासम्पन्न सवारीसाधनको व्यवस्थापन गर्दै जानुपर्नेमा जोड दिए ।

gaire.jpg

सन १९७७ देखि बुवा बालकृष्ण गैरेले शुरु गरेको व्यवसायलाई निरन्तरता दिनका लागि आफूहरुले पनि यातायातका क्षेत्रमा लगानी गरेको सञ्चालक हिमाल गैरेले जानकारी दिए । उनले सोफा सिटसहितको अत्याधुनिक सुविधासहितको ३१ सिटर बस सेवाको शुभारम्भ गरिएको बताए ।

बसमा एकातर्फ २ र एकातर्फ १ सीट रहेको छ । बसमा ईलेक्ट्रिक सिटको व्यवस्था रहेको तथा सिट बेल्टको व्यवस्था रहेको गैरेले जानकारी दिए ।

बसमा डिजिटल टे«किङ सिस्टमको जडान गरिएको छ । यात्रुले उक्त सुविधा लिएर बस कहाँ आइपुग्यो भन्ने जानकारी लिन सक्नेछन् ।

प्रतिज्ञा डिस्कोभरीको बस भैरहवाबाट साझ साढे ७ बजे र काठमाण्डौबाट साँझ ७ बजे बसपार्कबाट छुट्ने प्रतिज्ञा डिस्कोभरीले जनाएको छ ।