
सोमवार , आषाढ २५, २०८०
भैरहवा, २५ असार ।
लियो क्लब अफ भलवारी सिटी र श्री नन्देबाबा मन्दिर समितिको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ दल्कास्थित श्री नन्देबाबा मन्दिरमा वृक्षारोपण गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच मन्दिर परिसरमा ३५० वटा विरुवाहरु रोपिएको लियो क्लब अफ भलवारी सिटीका अध्यक्ष नितेश जैसवालले बताए । उनले ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नाराका साथ तिलोत्तमालाई हराभरा बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको जैसवालले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले लियो क्लब अफ भलवारी सिटीले उत्कृष्ट कार्य गरिरहेको भन्दै प्रशंसा गरे । उनले क्लबसँग समन्वय गरेर अघि बढेको बताए ।
कार्यक्रम संयोजक कृपा पन्थको स्वागत तथा लियो क्लब अफ भलवारी सिटीका सचिव गोविन्दराज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष देवीलाल पंगेनी, समाजसेवी दिनमणि पंगेनी, प्रेम जी.एम., लियो क्लब अफ भलवारी सिटीका संस्थापक अध्यक्ष रविन जोशी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij