
सोमवार , आषाढ २५, २०८०
काठमाडौं, २५ असार ।
साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।
‘तिथिअनुसार साउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भने ।
व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ । सोमबार जनमत पार्टीका अध्यक्ष पार्टी डा. सीके राउत पशुपतिनाथ मन्दिर पुगेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij