images

शुक्रवार, बैशाख २८ गते २०८१

इक्यानको केन्द्रिय सदस्यमा झापाबाट सुमन शर्माको उम्मेवारी घोषणा

इक्यानको केन्द्रिय सदस्यमा झापाबाट सुमन शर्माको उम्मेवारी घोषणा

images
images
images
सोमवार, आषाढ २५ २०८०
सोमवार, आषाढ २५ २०८०
  • इक्यानको केन्द्रिय सदस्यमा झापाबाट सुमन शर्माको उम्मेवारी घोषणा

    विर्तामोड, २५ असार ।
    नेपाल शैक्षिक पराममर्श संघ (इक्यान) झापाबाट केन्द्रिय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले उम्मेदवारी घोषणा गरेका छन् । झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेदवार निर्णय गरिएको हो । कट्टेललाई कोशी प्रदेश अन्तर्गत पूर्वाञ्चल इक्यानको पनि समर्थन रहेको छ । 

    images
    images
    images

    इक्यान झापाले आइतबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जम्मरकट्टेललाई केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको हो । आफ्नो उम्मेवारी घोषणा गर्दै उनले इक्यानको केन्द्रिय नेतृत्वमा पुगेपछि विदेशी विद्यार्थीलाई नेपालमा नै अध्ययन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफू कोशी प्रदेशबाट साझा उम्मेदवार बनेकाले आगामी असार ३० गते काठमाडौंमा हुने इक्यानको ९ औं महाधिवेशन तथा १७ औं वार्षिक साधारणासभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास व्यक्त गरे । 

    इक्यान झापाका उपाध्यक्ष तथा विर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव राज कार्कीले गरेका थिए । झापाका इक्यानका १८ जना मतदाता रहेका छन् भने देशभर ४६७ जनाले मतदान गर्न पाउने बताइएको छ । 

    सर्वसम्मत रुपमा जम्मरकट्टेललाई निर्वाचित गर्नका लागि केन्द्रसहित देशभर रहेका शाखाहरुसँग छलफल र परामर्श गरिरहेको बताइएको छ । इक्यान झापाले राजनीतिक भागबण्डा नगर्ने र सबैलाई सर्वसम्मत रुपमा अगाडी बढाउने उद्देश्यअनुरुप निवर्तमान अध्यक्ष जम्मरकट्टेललाई साझा उम्मेदवारका रुपमा अघि बढाएको जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij