२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

मेयर बालेन शाहको प्रश्न– के म आजदेखि अपराधी भए ?

सोमवार , आषाढ २५, २०८०

काठमाडौं, २५ असार ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् । सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको आइतबार तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् । 

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको,’ उनले लेखेका छन् ।