
आइतवार , आषाढ २४, २०८०
भैरहवा, २४ असार ।
लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले ‘लियो ब्लड एप’ सञ्चालनमा ल्याउने भएको छ । क्लबको मेघा प्रोजेक्टको रुपमा उक्त एप सञ्चालनमा ल्याउन लागिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष विवेक भण्डारीले बताए । उनले भने, ‘यो एपले सम्पूर्ण रक्तदाता र बिरामीहरुबीच पुलको काम गर्नेछ, रक्तदान गर्नेलाई पनि कहिले रक्तदान गरेको भन्ने स्मरण गर्न सहज हुने र रगतको आवश्यकता भएका बिरामी र बिरामीका आफन्तलाई रक्तदाता पहिचान गर्न सहज हुनेछ भन्नेमा विश्वस्त छौं ।’
यसले समयको बचत र बिरामीको उपचारमा पनि सहयोग पुगेर उपचार छिटो हुने विश्वास लिइएको अध्यक्ष भण्डारीले बताए ।
कमल परियार संस्थापक अध्यक्ष रहेको लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले संस्थाको स्थापनादेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij