
आइतवार , आषाढ २४, २०८०
भैरहवा, २४ असार ।
भैरहवामा सञ्चालित लिडरसीप स्कील्स डेभलपमेन्ट टे«निङ (नेतृत्व क्षमता विकास) तालिमको ७६ औं श्रृंखला सम्पन्न भएको छ । ७६ औं श्रृंखलामा पुगेको तालिममा सहभागीहरुको उल्लेखनीय आकर्षण बढ्दै गएको कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष कमल ज्ञवालीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र संघका केन्द्रिय उपमहासचिव ओम जैसीले यो तालिममा विभिन्न संघ–संस्थामा आबद्ध अगुवा, उद्योगी व्यवसायी तथा जोसुकैको व्यक्तित्व विकासका लागि सहभागी हुन सक्ने बताए । उनले यो तालिमको महत्व र आवश्यकता बढ्दै गएकोमा जोड दिए ।
असार २३ गते शनिबार (हिजो) सम्पन्न तालिममा ५० जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रमका सञ्चालक तथा नेपाल औषधि व्यवसायी संघ, रुपन्देहीका क्षेत्रीय संयोजक तुलसी भट्टराईले जानकारी दिए । कार्यक्रममा उपस्थितिलाई प्रशिक्षार्थी सामाजिक अगुवा तथा नेपाली कांग्रेस नेतृ सलुजा रामदामले स्वागत मन्तव्य राखेकी थिइन् ।
तालिममा समूहगत कार्यक्रमको प्रस्तुति गरिएको थियो । समूहमा सामाजिक अगुवा तथा नेकपा एमाले सिद्धार्थनगर–६ का उपसचिव नेता आनन्द न्यौपाने, पर्यटन व्यवसायी सिर्जना जोशी, स्वास्थ्यकर्मी निशा नेपाल, हिमालयन बैंकका अधिकृत मनिष तामाङ, व्यवसायीहरु नारायण आचार्य, रघु खनाल, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका प्रथम उपाध्यक्ष भोजराज बस्यालले विभिन्न पदीय जिम्मेवारीको भूमिका निर्वाह गरेका थिए ।
समूहलाई सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारी र कार्यसमिति सदस्यहरु अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मीना नेपाल पन्थीले सहजीकरण गरेका थिए ।
कर्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका परामर्शदाता गंगासागर अग्रहरी, पर्यटन व्यवसायी संजीव जोशी, अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी नितु थापाको पनि प्रशिक्षार्थीका रुपमा सहभगिता रहेको थियो ।
यो तालिम सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुको आग्रहमा तत्कालिन संघका महासचिव विजय पाण्डेले संघको सभाकक्षमा सञ्चालन गरेका थिए । विशेषतः संघका कार्यसमिति तथा पदाधिकारीहरुलाई प्रदान गर्दै आएको लिडरसीप तालिमको महत्व बढ्दै आएको संघका पूर्व कार्यसमिति सदस्य हरिश सेठियाले बताए ।
तालिम हाल भैरहवास्थित होटल पौवामा सञ्चालन भइरहेको छ । यो तालिममा जोसुकै पनि सहभागी हुन सक्ने प्रशिक्षक विजय पाण्डेले बताए । उनले भने, ‘सिक्ने र सिकाउने मंच खुला रहेको छ ।’ स्वेच्छिक संकलन सहयोगबाट तालिम सञ्चालन भएको तालिम व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij