२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

जेसीआई सिद्धार्थको आयोजनामा संसदीय बैठक प्रक्रिया प्रशिक्षण

आइतवार , आषाढ २४, २०८०

भैरहवा, २४ असार ।
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा शनिबार भैरहवामा संसदीय बैठक प्रक्रिया प्रशिक्षण (तालिम) सम्पन्न भएको छ । एकदिने तालिममा प्रमुख प्रशिक्षक तथा जेसीआई नेपाल–२०२३ का नेशनल ट्रेनिङ कमिसनर सुनिल तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तालिमले नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने बताए । उनले भने, ‘मञ्चमा आएर बोल्नका लागि सुन्न जरुरी छ, जुन व्यक्तिले धेरै सुन्छ उ धेरै बोल्न सिक्छ । ’ उनले अध्ययन र तालिम आवश्यक रहेको बताए ।

जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष देवराज न्यौपानेले जेसीजले प्रदान गर्ने तालिम महत्वपूर्ण रहेको बताए । उनले जेसीआई नेपाल तालिम दिने संस्थाको रुपमा पनि परिचित भएको बताए । संस्थाका निवर्तमान अध्यक्ष कमल जि.सी.ले तालिम लिदा आत्मविश्वास बढ्ने बताए ।

जेसीआई सिद्धार्थ नेपालकी अध्यक्ष विष्णु पाण्डले संसदीय बैठक प्रणाली तालिम महत्वपूर्ण रहेको बताए ।

जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, तालिम संयोजक ओजश शर्माको स्वागत, सदस्य सागर पोखरेलको स्वागत तथा शाखा सम्पादक माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ३७ जनाको सहभागीता रहेको तालिम संयोजक ओजश शर्माले जानकारी दिए ।

IMG_1622.JPG