
आइतवार , आषाढ २४, २०८०
काठमाडौ, २४ असार । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो।
यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij