२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

संगीतकार पुष्कर सुनुवारलाई गोल्डेन हर्स विशेष सम्मान

शनिवार , आषाढ २३, २०८०

काठमाडौं, २३ असार ।
संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा हालै आयोजित ‘फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा ‘गोल्डेन हर्स विशेष सम्मान’ बाट सम्मानित भएका छन् । गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’ की नायिका चैत्यदेवी सिंहले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सन् २००५ मा पहिलो एल्बम ‘अन्तरा’ अनि दोस्रो एल्बम ‘तिमी संग’ बाट सांगीतिक करियर सुरु गरेका पुष्कर गीत ‘मायाले साह्रै रुवाउँदो रैछ’ बाट चर्चामा आए । उनका गीतहरु ‘नयनमा गाजल’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’, ‘झ्यान कुटी झ्यान कुटी’, ‘मैले सुने तिम्रो खबर’, ‘उर्कुची मुर्कुची’, ‘टालाटुली बाटुली’ , आखाको नानिमालगायत गीत हिट छन् । 

पुष्करले ललितकला संगीत कलेजबाट संगीत अध्ययन गरेका छन् । उनले संगीत भरेका गीतहरुमा ‘घाइते मुटुको व्यथा’, ‘आँशु रैछ जिन्दगी यो’, ‘बरु पत्थर पग्लिन सक्छ’, ‘साह्रै याद आउँछ’, ‘आउ कम्मर भाँच्नलाई’, ‘तिमी फूल बनेर’, ‘दोलखा चरिकोट’लगायत का धेरै गीत छन् । 

त्यस्तै एरेन्ज गरेका गीतमा ‘मभन्दा नि धेरै राम्रो’, ‘सुनैको दरबार’, ‘माछी जालैमा’, ‘अम्रिका घुमौला’, ‘साह्रै याद आउँछ’, ‘एकान्त त्यो सुनी’ र ‘कालापानी’ लगायत छन् । पुष्कर सुनुवार ले नेपाली चलचित्रमा पनि धेरै काम गरेका छन् । उनले एरेन्ज गरे गरेका चलचित्र बाजिगर, तीन घुम्ती, सरि ल, लै बरी लै लगायत धेरैमा फिल्म मा काम गरेका छन् । त्यस्तै उनले संगीत भरेको अनि स्वर भरेको फिल्महरु मिसन यार्सा, मन त परदेशी, रेनि लगायतका छन ! उनले गाएका गीतमा ‘मायाले साह्रै’, ‘चाहेर सजाउन सकिनँ’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’ लगायत छन् ।