
शुक्रवार , आषाढ २२, २०८०
भैरहवा, २२ असार ।
भैरहवाको काशी नोबल एकेडेमीका विद्यार्थी अमन बेल्बासेले ३ दशमलव ९५ जीपीए ल्याएका छन् । एकेडेमीले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी अमन बेल्बासेले ३ दशमलव ९५ जीपीए ल्याउँदै रुपन्देही जिल्लामै प्रथम भएको दावी गरेको छ ।
रुपन्देहीमा बेल्बासेसहित १५ जनाले ३ दशमलव ९५ जीपीए ल्याएका छन् । १५ जनाले नै बराबर जीपीए ल्याएपछि सबैले रुपन्देही प्रथम दावस् गरेका छन् ।
काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले बेल्बासेले जिल्लामै सबैभन्दा उत्कृष्ट अंक ल्याएको बताए । उनले भने ‘अहिलेको ग्रेडिङ्ग प्रणालीअनुसार अमनले ल्याएको अंक निकै उत्कृष्ट हो ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ निवासी अमन काशी नोबल एकेडेमीमा १७ औं ब्याचका विद्यार्थी भएको विद्यालयले जनाएको छ । अहिलेसम्म यस विद्यालयबाट १ हजार १ सय ३८ जना विद्यार्थी उत्र्तीण भएको प्राचार्य घिमिरेले जानकारी दिए । २०७९ सालमा एसईई काशीबाट ९७ जनाले परीक्षा दिएकोमा २ जनाले १ दशमलब ६ देखि २ जीपीएभन्दा कम ल्याएका छन् ।
काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सह-कोषाध्यक्ष महेश भुर्तेल, लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्मा, अमन बेल्वासेको आमा उषा बेल्वासे, बुवा झविन्द्र बेल्बासेलगायतले बोल्दै सबैको संयुक्त प्रयासबाट सफलता हासिल गर्न सकिएको बताए । कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य श्री रायमाझीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij