२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नियमित रक्तदाता संघ सिद्धार्थनगर र रोट्रयाक्ट भैरहवाले मर्चवारमा रक्तदान कार्यक्रम गर्दै

शुक्रवार , आषाढ २२, २०८०

भैरहवा, २२ असार ।
नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देही र रोट्रयाक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा शनिबार (भोलि) मर्चवारमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मझगावाँस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पस परिसरमा असार २३ गते बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने नियमित रक्तदाता संघ सिद्धार्थनगरका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.) ले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आचार्यले जानकारी दिए ।

शुक्रबार बिहान भैरहवामा बसेको रक्तदाता संघ सिद्धार्थनगरको नियमित बैठकले मर्चवारमा रक्तदान गर्ने निर्णय गरेको सचिव तथा रोट्रयाक्ट क्लब अफ भैरहवाका निवर्तमान अध्यक्ष अंकित पौडेलले बताए । रोट्रयाक्टर्स ब्लड बैंक र रोट्रयाक्ट क्लब अफ मर्चवारको सहयोगमा रक्तदान कार्यक्रम हुने उनले जानकारी दिए ।

बैठकमा संघका निवर्तमान अध्यक्ष संगम न्यौपानेले गत असार १५ गते सम्पन्न संघको दोस्रो साधारणसभाबाट निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथग्रहण गराएका थिए । 

त्यस्तै बैठकले पत्रकार रबिन्द्र प्रताप गुप्तालाई नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको कोषाध्यक्ष सरोज ठकुरीले जानकारी दिए ।