
बिहिवार , आषाढ २१, २०८०
भैरहवा, २१ असार ।
रोट्रयाक्ट क्लब अफ बुटवल साउथले रुपन्देहीको सियारी गाउँपालिका–५ सिद्वपुरस्थित श्री सिद्व आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको क्लबका वर्ष २०२३÷०२४ का अध्यक्ष सुविन खड्काले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सियारी–५ का वडाअध्यक्ष धनपति खरेलले रोट्रयाक्ट क्लब अफ बुटवल साउथले सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुविन खड्काको अध्यक्षता, सियारी–५ का वडाअध्यक्ष धनपति खरेलको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान वर्ष २०२३–२४ का डीआरआर इलेक्ट विक्रम क्षेत्रीको विशिष्ट आतिथ्यता, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका सर्जेन्ट एट आम्र्स विज्ञान कार्कीको संयोजकत्व तथा विद्यालयका शिक्षक एवं कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक विज्ञान कार्कीको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामआचल यादवले क्लबले विद्यालयलाई सम्भिएको भन्दै खुसी व्यक्त गरे । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij