२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

छाडेर गइन भैरहवावासीलाई ‘शान्ता दिदी’

शुक्रवार , माघ २, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • नरेश के.सी.

    भैरहवा, २ माघ । 
    बिहीबार माघेसंक्रान्तिको दिन । ढपक्कै ढाकेको हुस्सु र कुहिरोले १०/१५ मिटरको दुरीमा पनि मान्छेहरु चिन्न मौसमले चुनौती दिइरहेको थियो । तथापि परिवार तथा नातागोता भेला भएर खिचडी, तरुल, तीलको लड्डु खाने, माघी मेला हेर्ने एवम् साथीभाइसंग रमाइलो गरेर बिताउने गरी पुसे जाडोमा पनि भैरहवा जुट्दै थियो । तर बिड्म्बना बाक्लो हुस्सु कुहिरोकोबीच एकाएक दिमाग नै खलबलाउने गरी सन्देश आयो, शान्ता जिसीको स्वर्गारोहण भयो । पत्याउनै गाह्रो सधै हासिरहने, जो जसलाई पनि खुला दिलले सहयोग गर्ने भैरहवाकै दिदी शान्ता दिदीको निधनको खबरले पूरा भैरहवा शहर नै स्तब्ध भयो । 

    माघे शितलहरमा कठ्यांग्रिएका मान्छेहरुका दिमाग तातिए । दुखः बेदनाको लहरको छटपटिमा पिरोलिदा मान्छेहरु हस्याङफस्याङ गर्दै धेरैजसो माघेसंक्रान्तिका सबै कार्यक्रम रद्द गरी उनको निवास ब्रमेलीटोलतिर हानिए । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान नै निधन भएको उनको पार्थिव शरीर दिउँसो भैरहवा आइपुग्यो । परिवार र इष्टमित्रले पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने चाहना हुँदाहुँदै उनको श्रीमान् र भैरहवाका सबै भाइबहिनीहरुको अनुरोधलाई परिवारले स्विकारी भैरहवा ल्याउने काम भयो । मान्छेहरु खबर सत्य नहोस् भन्दाभन्दै दिदीको पार्थिव शरीर नियाल्न पुगे । मान्छेका आँखाबाट आशु बरबरी झर्न थाले । सामाजिक सञ्जालहरु एकाएक भरिए हिमाल जस्तै खुलेर हासेको अनुहार सहितको तस्विर पोस्टाउँदै सबैले दुःख व्यक्त गरिरहेका थिए । केही घन्टापछि सबै भावविह्वल हुँदै उनको तस्विर गाडी माथि राखेर श्रदापुर्वक स्वर्गद्वारी घाट पुर्यायो । भैरहवा शहर नै रोयो । त्यो जाडोको बाबजुद पनि हजारौ मान्छेहरु शवर्‍यालीमा सहभागी भए । स्वर्गद्वारी घाटमा मान्छेहरुको खचाखची उस्तै थियो । चिसो मौसम, शीतलहर चलेको समय अनि पर्वको दिन सायदै यति धेरै मान्छे भैरहवामा एकै ठाउँ भेला भएर रोएको पहिलो होला ।139126473_3396832260428077_7624069272278025509_n.jpg

    स्थानीय सरकारका प्रमुख उपप्रमुख, प्रदेश सांसद, संविधानसभा सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रमुख, पत्रकार, नागरिक अगुवाहरु, राजनैतिक दलका प्रमुख, सरकारी, गैरसरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यवसायी, महिला अधिकारकर्मी तथा आम सर्वसाधारण सबैजना स्वर्गद्वारीघाटमा निशब्द थिए । अन्तिम श्रद्धाञ्जलीको समय समाजका प्रतिष्ठित मान्छेहरु एकैसाथ घ्वा घ्वा रुदा स्वर्गद्वारीमा सन्नाटा नै छायो । धेरैले भने शान्ता दिदी सबैको दिदी । हरेक दिन एउटा मलामी थपेकि रहिछ्न । यसैले होला यो शितलहरको प्रवाह नगरी मान्छेहरु उनलाई श्रद्धाञ्जली दिन आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य रहेकी शान्ता जिसी काठमाडौं बाहिर ब्युटीपार्लर उद्यम सञ्चालन गर्ने पहिलो महिला हुन् । निकै साहसी, सहयोगी, सामाजिक व्यवहार धनी र मिलनसार तथा उर्जावान शान्ता दिदीको मृतात्माले शान्ति पाओस् ।