२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

महालक्ष्मी विकास बैंकद्वारा मेउडिहवा आधारभूत विद्यालयलाई आर्थिक सहयोग

आइतवार , आषाढ १७, २०८०

भैरहवा, १७ असार ।
महालक्ष्मी विकास बैंक भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा साईकल पार्किङ शेड निर्माणका लागि विद्यालय व्यवस्थापन समितिलाई आइतबार रु. ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक कृष्ण बहादुर गुरुङले बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको बताए । उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले महालक्ष्मी विकास बैंकले वित्तीय कारोबारसँगै वडामा रहेको सामूदायिक विद्यालयलाई सहयोग गर्नु सराहनीय कार्य रहेको बताए ।

बैंकको भैरहवा शाखाका कर्मचारी भीम उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजेन्द्र कोहार, विद्यालयकी प्रधानाध्यापक आशा थापा, मणिग्राम शाखा प्रबन्धक निविदिता गौतम, सुर्यपुरा शाखा प्रबन्धक रोशन शर्मा, ठुटीपीपल शाखा प्रबन्धक निशा श्रेष्ठ, धकधई शाखा प्रबन्धक सनम श्रेष्ठ, नकुल कार्की, दुर्गालक्ष्मी यादवलगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2023-07-02 at 2.38.45 PM.jpeg

देशभर १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकका ५ लाख बढी ग्राहकहरु छन् ।