images

शनिवार, बैशाख २२ गते २०८१

विद्युत कार्यालयमा डेलिगेसन नजानु !

विद्युत कार्यालयमा डेलिगेसन नजानु !

images
images
images
मंगलवार, आषाढ १२ २०८०
मंगलवार, आषाढ १२ २०८०
  • विद्युत कार्यालयमा डेलिगेसन नजानु !

    भैरहवामा अखप गर्मी छ, हुन त यो गर्मी ठाउँ हो, गर्मी ठाउँमा गर्मी नभएर अरु हुने कुरै भएन । यस्तो गर्मी मात्र होइन हावा पनि तात्तिएर मात्तिदै बहन्छ । अरु ठाउँमा पनि गर्मी होला तर सिद्धार्थनगर नगरपालिकाको मात्र कुरा गर्ने हो भने कुरा गरी साध्ये छैन ।

    images
    images
    images

    घरी घरी विजुली जान्छ विजुली जाने वित्तिकै पंखा पनि जान्छ । शायद त्यति बेला अखपै गर्मी हुन्छ । मानिसले विजुली जाँदा के हुन्छ ? भनेर बिर्सिसकेका थिए, यसपाली राम्रो गरी सम्झाइदिएका छन् ।

    म त त्यतिबेला झस्किए जब फेसबुकमा सामाजिक अभियन्ता ओमकार गौचन दाईलाई सिद्धार्थनगर स्थित विद्युत अफिसमा हाकिम अगाडि उभिएको देखे । एक हूल मानिसहरु वहाँका साथमा थिए । वहाँ सायद अस्सी वरिपरि पुग्नुभएको होला । ऐले पनि वहाँमा जाँगर र जोशको कमी कहीं कतै देखिदैन । सिद्धार्थनगर नगरपालिकालाई सुन्दरताको अनुपम उदाहरण बनाउने वहाँको मात्र नभएर नगरवासीको पनि इच्छा भएपनि विहान मर्निङ वाक गर्दा नाक थुनेरै हिड्नुपर्ने बाध्यता छ ।   यो लेख मैले वहाँकै लागि समर्पित गरेको छु ।
    आज ठ्यक्कै बैंक रोडमा गौचन दाईसँग भेट भयो । वहाँलाई मैले सोधे यही विजुली बारेमा, वहाँले सविस्तार बताउनुभयो । कुरा यत्ति हो ।

    मानिसले बुझ्दछन या बुझ्दैनन् मलाई थाहा छैन, विजुली जानु राम्रो कुरा हो, मेरो विचारमा । समय समयमा विजुली गएन भने इन्भर्टर व्यापारीहरु धुरुक्क रुन्छन् । उनीहरुका लाला बाला पनि पाल्न पर्‍यो । कति इन्भर्टरहरु थानका थान त्यति कै थन्किएर बसेका छन् – तिनलाई तह लाउन परेन ? यो घरी विजुली दिने काम पंखा चलोस भनेर हो र ? इन्भर्टर चार्ज गर्नलाई दिएको हो । विजुलीको भोल्टेज सधैँ एकनासले नआउनुको कारण पनि सकारात्मक रहेछ, घरी हाइ–भोल्टेज र घरी लो भोल्टेज आउँदा विद्युतीय सामानहरु फ्रिज, बल्ब  र अन्य सामानहरु जल्ने संभावना धेरै हुन्छ । यस्तो भयो भने विजुलीका सामानहरु धेरै बिक्न जान्छन् र देशको राजस्वमा वृद्धि हुन्छ । त्यत्तिकै विजुली आएन भनेर डेलिगेसन जाने काम राम्रो होइन ।

    अर्को महत्वपूर्ण उपलब्धि छ लोडसेडिङको – त्यो भनेको चोरहरुलाई गरिखाने बाटो उपलब्ध गराएको हो । टाठाबाठा उद्योगी, व्यापारी हरुले मात्र बाँच्न पाउने हो ? के चोरहरुको अधिकार हुन्न ? यसैले झ्याप्प विजुली जाँदा ‘च्याट’ हात मार्न पाइन्छ नि !

    अब यो विजुली नआउँदा उद्योगी, व्यवसायीहरुलाई ठूलो फाइदा छ, विजुली आउने र जाने भइरह्यो भने उद्योग बन्द गरेर आरामले घरमा बस्ने ।

    विद्युत कार्यालयमा नयाँ नयाँ प्रेमी प्रमीकाका लाखौं निवेदनहरु आएका छन् , लोडसेडिङको समय बढाइदिनु पर्‍यो भनेर । यसमा विद्युत कार्यालयले गंभिर छलफल गरेर विद्युत कटौति गर्ने निर्णय गरेको छ । प्रमी प्रमीकाको मिलनमा विद्युत वाधक त बन्न हुदैन नि ! यति कुरा नबुझेर अफिस घेर्न आउँछन् ।

    हाम्रो देशबाट धेरै मानिसहरु विदेशतिर कामको खोजिमा गएका छन् । जान नपाएकाहरु नक्कली भुटानी शरणार्थी भएर गएका छन् । यसैले देशमा युवा जनशक्तिको अभावलाई पनि निर्मूल पार्नु छ–यसैले हो झ्याप्प झ्याप्प विजुली गएको । यता अन्धकार उता युगल जोडीको मिलन हजार ! यसको नतिजा यहाँहरुले १० महिना पछि देख्नु हुनेछ । यसैले यो देशलाई कलकारखाना भन्दा पनि मानव उत्पादन गर्ने कारखाना चाहिएको छ, यसैलाई बढावा दिन विजुली काटीएको हो । तपाईहरु बेकारमा डेलिगेसन आउनु भयो, यति कुरा बुझिदिन पर्‍यो ।

    विजुली आइरह्यो भने ठूलो समस्या हुन्छ । घरका केटाकेटीहरु टिभी सिरियल मै झुण्डिरहन्छन्, बच्चाहरु मोबाइलमा अनलाइन व्यस्त हुन्छन् । गृहिणीहरु मोबाइलमा झुण्डिएर तरकारी डडाउँछन् दूध उम्लेर पोखिन्छ । विजुलीहुँदा टेलीकमले राम्रो आम्दानि गर्दछ किनकि डाटा प्याक, भ्वाइस प्याक लिएर अर्थतन्त्रमा राम्रो सुधार हुन जान्छ ।

    रुखहरु काटेर लाथालिङ्ग भएको नगरपालिकामा मानिसहरु एक ठाउँमा भेला हुन पाउँदैनन् । एकै ठाउँमा भेला नभए पछि खुरापाति दिमाग चल्दैन । यसैले विद्युत प्राधिकरणले जति सक्यो इन्भर्टर चाज हुने जति मात्र विद्युत दिने गर्नु उत्तम हुन्छ । सम्पूर्ण नगरबासीहरुले जसरी पनि इन्भर्टर किन्नै पर्छ बरु यसका लागि आर्थिक बाहेक अन्य सहयोग हुनेछ । यसैले विद्युत कार्यालयमा डेलिगेसन नजानु हाेला । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij