images

शनिवार, बैशाख २२ गते २०८१

यो गोक्तेको बिचारमा !

यो गोक्तेको बिचारमा !

images
images
images
आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • यो गोक्तेको बिचारमा !

    “थोरै भएपनि गंभिर हुनु पर्नेमा हाम्रो समाज धेरै नै उच्छृंखल भएको छ, असभ्य र संस्कारविहीन भएको छ ”  एक जना विद्वानले हिजो मात्र बुद्धचोक स्थित मकालु बुक्स स्टेश्नर्सका निराजन पोख्रेललाई भन्दै थिए । म चाँही चुप चाप उनका वाणीहरु सुन्दै रहें ।

    images
    images
    images

    उनले अगाडि थपे, “ल ! हेर्नुहोस् त भाइ ! उ ति नानीको वेशभुषा, यसरी अर्धनङ्गन भएर मूल चोक हिंडेपछि हाम्रो संस्कृति सभ्यता कता गयो ?” ति व्याक्ति मलाई धेरै मुढ लाग्यो, यो ४३ डिग्रीको तापक्रममा धन्न त्याति लुगा लगाइछन् यो ति युवतीको गल्ति होइन भन्ने मैले ठहर गरे । यस्ता गर्मीमा यस्ता दृश्यहरु देखिनु नौलो कुरा होइन तर आश्चर्य त के मा हुन्छ भने पूर्ण श्रृङ्गार गरेर यो अखप गर्मिले तिनले लगाएका गालाभरिका पाउडर र मेकअपलाई पसिनाले खोल्सातिर लगेर धकेलिदिन्छन् र घरी घरी रुमालले मुख पुछदा कस्तो देखिएला तपाई आफै कल्पना गर्नुहोस् त !

    मकालु बुक्स स्टेश्नर्स बुद्धचोक क्रस गरेर सरल स्टेश्नर्समा पत्रिका लिन जानु पर्‍यो भनेर जेब्रा क्रसमा गएर उभिएँ । सरल स्टेश्नर्सका विष्णु मरासिनी भाइकोमा  जान सधै यो जेब्रा क्रस पार गरेर जानु पर्छ , विजुलीको अडर मान्नु पर्छ  नत्र के हुन्छ भन्न सकिन्न । म पारी सरल स्टेश्नर्समा जान जसै जेब्रा क्रस छेउ पुगे, गाडिलाई रोकिन रातो बत्ति बल्यो । गाडी रोकिए तर जहाँबाट पार गर्ने ठाउँ हुन्छ गाडिहरु त त्यहाँ पो रोकिएका छन् । मलाई त झनक्क रिस उठ्यो र भने ट्रक ड्राइभरलाई “ए ! भाइ यहाँ जेब्राक्रसमा रोक्ने हो ? के ट्राफिक नियम थाहा छैन ?”

    म जङ्गीएको देखेर ट्रक ड्राइभर फिस्स हाँसेर भने, “नियम कानून नेतालाई नलाग्ने हामीलाई मात्र त लाग्छ नि !!

    अत्याधिक गर्मीका कारण छेउछाउमा ट्राफिक प्रहरी देखन । बीच चोकमा बुद्धको मूर्ति राखिएको छ, त्यसको उत्तर तर्फ केही ट्राफिक भाइहरु मोबाइल खेलाउँदै थिए । केही क्षणमा निलो बत्ति बल्यो गाडीहरु सबै गए, म पनि पत्रिका लन पसलमा आइपुगेको थिए ।

    ट्रक ड्राइभरले भनेको कुरा सुनेर म त्यसै आनन्दित भएँ । फर्केर फेरि त्यही क्रसिङ्गबाट जानु पर्ने फेरि उही अवस्था ! बस जेब्रा क्रसभन्दा अगाडि उभिएको थियो, म ट्रक अगाडिबाट पारी आएँ र छेवैको ट्याक्सी चालकलाई सोधे, “हैन ! किन यस्तो हुन्छ ?”

    “हैन ! के गर्नु  नेताहरुले मात्र कति कमाउनु, सबैले कमाउनु पर्‍यो नि !

    म कस्तो गोक्ते रहेछु यति कुरा पनि बुझिन भनेर मनमनै आफैलाई धिक्कार्दै हिँडे । त्यसपछि मलाई यस्ता सबै घटनाहरु सकारात्मक लाग्न थालेका छन् । मानिसहरु विशेष गरेर काम नपाएका सांसदहरु पत्रपत्रिकाहरु बालुवाटार यसले खायो उसले खायो भनेर सदनमा हंगामा गर्छन् बेकारमा किन चिच्याउनु ! बालुवाटारलाई नै खानु कम ठूलो विशेषता हो । यस्ता महान खन्चुवालाई पुरस्कार दिनु पर्नेमा उल्टै हुत्कारने !

    ल त हेरौ त तिम्रा बाउको तागत ! यस्तो राम्रो कामको आरोप लगाउनेहरुले एक कचौरा बालुवा खाएर देखाउ त । नेपालको कुन धाराले कुन कानुनले ‘बालुवा’ खानु हुँदैन भनेका छन् र उनिहरु सबै बधाई एवं पुरस्कारका भागि छन् ।

    नेताहरुलाई कानून लाग्दैन भन्ने कुरा म गोक्तेलाई थाहै थिएन । म त्यति बेल झसङ्ग भए जति बेला सन्दिप लामिछानेलाई हत्कडी लगाएर एयरपोर्टबाट ल्याइयो । तर मानवबेचविखन मात्र होइन स्वदेशीलाई विदेशी बनाइ तेस्रो मुलुक पठाउने उद्योग गर्ने अपराधि नेतालाई स्वागत जस्तै गरेर लगियो । लाग्छ नेपालको कानून ट्रक ड्राइभर, प्रहरी र सर्वसाधरणलाई मात्र लाग्छ । अपराध बढेकोमा यो गोक्तेलाई सारै खुशी लागेको छ । नेताहरु अपराधि हुनु भनेको गर्वको कुरा हो, किनकि यही अपराध मार्फत उनीहरुको जिवन सफल भएको छ नि त । नेपाली आम नागरिकलाई पनि अब अपराध कसरी गर्ने ? भन्ने कुराको प्रशिक्षण आवश्यक रहेको छ ।

    जघन्य अपराध गर्न नेताहरु खप्पिस छन् भन्नेकुरा त पुरै परिभाषित भइसकेको छ । यसको सिको अध्ययन संस्थाहरु तिर पनि फैलिदैछ, अपराधको पहिलो पाठशाला भने शिक्षण संस्थाहरु नै हुन् । यसैले यो गोक्तेको बिचारमा वाल कक्षा देखि विद्यालयसम्म ‘अपराध कसरी गर्ने’ भन्ने पाठ्यक्रममा राख्नु अत्यन्त ढीला भइसकेको छ ।

    यस्ता पाठ्यक्रम राख्ता र यसको संरचना बनाउँदा ठूला पार्टीका नेताहरुको निर्देशनमा हुनु पर्छ । सुझाव संकलन गर्दा भन्सार, मालपोत, नापी आदि संस्थाहरुको राय सुझाव राख्न जरुरी छ । अर्को  महत्वपूर्ण  कुरा के विर्सन हुँदैन भने साना साना नानीहरुलाई पहिला पहिला कसरी साथीका सामान चोर्ने ? भन्ने ज्ञान पाठ्यक्रममा राख्नु पर्छ । कक्षा बढ्दै जाँदा चोरी, आगजनी, हत्या, अपराध, मानव बेचविखन आदि स्तर हेरी पाठ्यक्रममा राख्नै पर्छ । यस्तो गरियो भने कुनै पनि नेपालीले दुख पाउने छैनन्, संसारको जुनसुकै कुनामा गए पनि आफ्नो जोहो गर्ने छन् ।

    यस्ता अपराध बारे लेख्ने पत्रकारहरुलाई सोझै जेल सजायको व्यवस्ता गर्न पर्दछ । पत्रपत्रिकाहरु यस्ता अपराधहरुलाई निरुत्साहित गर्न धेरै समाचारहरु। लेखहरु लेख्ने गरेका छन् – सबैलाई एकमुष्ट कारवाही गर्नु पर्छ । त्यतिमात्र होइन चुनावमा टिकट वितरण गर्दा कम्तिमा तीन हत्या गरेको हुनुपर्ने, मन्त्री हुन हत्या, लुट आदि जस्को बढी छ वरियता क्रमानुसार मन्त्रीमण्डल विस्तार गर्नुपर्छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij