२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सेयर बजार ५२.२६ अंकले बढ्याे

आइतवार , आषाढ ३, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौ,  ३ असार । सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

    सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ ।  यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ । 

    ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।